बाजुरामा रूघाज्वरोले दुई दिनमै दुई जनाको मृत्यु, दर्जन भन्दा बढी बिरामी

काठमाडौं, माघ २२ । बाजुरामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ।  स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका-१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो।

बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो।गाउँपालिकामा अन्य भागमा पनि बिरामी रहेको सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए।

हिजो र आज गरी दुई जनाको मृत्यु भएको उनले १५-२० जनाको उपचार भइरहेको जानकारी दिए ।

बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्