भलिबल टिम अन्तर्राष्ट्रिय वरीयतामा पर्न सफल

काठमाडौं, २२ माघ । नेपाली महिला र पुरुष भलिबल टिम अन्तर्राष्ट्रिय वरीयतामा पर्न सफल भएको छ । विश्व भलिबलको उच्च निकाय एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला र पुरुष भलिबल टिम समावेश गरेको गरपछि अन्तर्राष्ट्रिय वरीयतामा पर्न सफल भएको हो । वरीयतामा नेपाली महिला टिम ८७ औं र पुरुष १३८ औं स्थानमा परेका छन् । ८७ औं स्थानमा समेटिएको नेपाली महिला भलिबलको ५७ अंक छ ।

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको महिला टोलीले पहिलो एभीसी महिला सेन्ट्रल जोन जितेको थियो भने १३ औं सागमा रजत जितेको थियो । नेपाली महालिा सफल पदर्शन गर्दै आएका छन् ।
त्यसैगरी पुरुषतर्फको नेपाली भलिबल टिम १३८ औं स्थानमा छ । एफआईभीबीले पुरुषतर्फ ८३ औं स्थानदेखि तलका टिम सबैलाई ५० अंक दिएर वरीयतामा समावेश गरीएको एफबईभीबीले जनाएको छ ।
त्यस्तै, चीन पहिलो र अमेरिका दोस्रो वरीयतामा पर्न सफल भएका छन् । पुरुषतर्फ ब्राजिल पहिलो र पोल्याण्ड दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्