पद्मकन्याको ७२ औ वार्षिक उत्सव सम्पन्न, नृत्य विधामा तृतीय हुँदै अप्सरा पाण्डेयले जितन् मेडल र प्रमाण पत्र (हेर्नुहोस् फोटोसहित)

पार्वती पाठक- काठमाडौं । काठमाडौंको डिल्लीबजार स्थिीत रहेको श्री पद्मकन्या विध्याश्रमको ७२ औ वार्षिक उत्सव एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

यहि १६ गते सरस्वती पूजाको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव सम्पन्न भएको हो ।


साथै कार्यक्रममा नृत्य, गायन लगाएत विभन्न साँस्कृतिक प्रतियोगीता भएका थिए । जसमा नृत्य तर्फ कक्षा १२ मा अध्यनरत छात्रा अप्सरा पाण्डेय तृतीय भएकी छन् । उनले तृतीय हुदै प्रमाण पत्र र मेडल हात पार्न सफल भइन् ।

 

नृत्य विधामा तृतीय भएर आफुले मेडल र प्रमाण पत्र पाउँदा निकै खुशी भएको र आफुलाई अझै हौसला मिलेको उनले बताइन् । साथै उनले आफ्नो नृत्य विधाको क्षेत्रलाई अब्बल बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाइन् ।साथै क्याम्पसमा रहेका अन्य विद्यार्थीहरुले पनि आ आफन्नो कला प्रस्तुु गरेका थिए । उनीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै कार्यक्रमका विशिष्ट अतिथिहरु वागमती प्रदेशका सांसदद्धय दिपेन्द्र श्रेष्ठ र गणेश दुलालले संयुक्तरुपले पत्रिका बिमोचन गरेका थिए । पद्मकन्या आवाज नामक वार्षिक पत्रिकामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार बन्न विशेष अनुभव र ज्ञान प्रदान गर्ने आमसंचार तथा पत्रकारिताका शिक्षक उज्वल खनालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसदहरुले शिक्षाको गुणस्तर बढाउन जोड दिदै यस विद्यालयका लागि आवश्यक रहेको मंच र नृत्यको लागि छुटै मंचको निर्माण गर्न प्रतिबध्ता जनाए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आरति शर्माको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्