विराजको प्रशंसा गरे प्रदीप खड्काले

काठमाण्डौँ माघ २० । चकलेटी अभिनेता प्रदीप खड्काले अभिनेता विराज भट्टलाई ‘एक्सन स्टार’ को रुपमा सम्बोधन गरेर प्रशंसा गरेका छन् । उहाँले भट्टको फिल्मलाई ‘एक्सन प्याक्ड’ भनेका छन् । ‘हाम्रो एक्सन स्टार विराज भट्ट दाई, ह्यान्डसम हंक तथा मेरो सहपाठी प्रकाश शाह र मेरो साथी तथा पूर्व मिस नेपाल निकिता चाण्डकको एक्सन प्याक्ड फिल्म ‘साङ्लो’ मा अभिनय छ,’ उनले लेखेका छन् ।
हाम्रो देश नेपालमा एउटा कलाकारले अर्को कलाकारको प्रशंसा गरेर साथ सहयोग गरेको निकै कम पाउछौँ ।
खड्का भने प्रायः प्रदर्शनको तरखरमा रहेका फिल्मलाई सहयोग गरेका देखिने गरेका छन् ।
यसपटक पनि उहाँले यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित, अभिनीत तथा निर्मित फिल्म ‘साङ्लो’ को एक्सनपूर्ण ट्रेलर आफ्नो फेसबुक पेजमा साझेदार गर्दै फिल्मलाई सफलताको शुभकामना दिनु भएको छ ।
उहाँले लेखेको स्टाटसमा ‘साङ्लो’ का कलाकार प्रकाश शाहले धन्यवाद ग्यापन गरेका छन् । प्रदिप र प्रकास ‘क्लासमेट’ हुन् । ‘लभ स्टेशन’ मा उनीहरुले सँगै काम गरेको थियो । प्रदीपको पूर्व मिस नेपाल निकितासँग पनि निकै राम्रो सम्बन्ध रहेको छ । निकिता र प्रदिप एकसाथ स्क्रिन साझेदार गर्ने इच्छा रहेको पनि बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्