नेकपाको उपाध्यक्ष बामदेव, नेताको सम्पत्ति छानविन हुने
काठमाडौं , माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदवन्दी तोक्न माग गरेपछि पार्टीले यो मागमा सम्बोधन गरेको हो ।
नेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्