नेकपाको केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी, सदस्यलाई बालुवाटारमा रात्रिभोज दिइने !

काठमाडौ , माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ ।नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ ।

जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ । बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरिएको हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्