सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा हुने क्रममै: रक्षामन्त्री पोखरेल

काठमाडौं, माघ १८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा हुने क्रममा रहेको स्पष्ट पारेका छन् । आज काठमाडौंमा सामूदायिक भवनको शिलन्यास गर्दै उनले सरकारले जनतासंग गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने बताएका हुन् ।

मन्त्री पोखरेलले सरकारले प्राथमिकताका आधारमा आफ्ना कामलाई अघि बढाउने पनि बताए । उपप्रधानमन्त्री पोखरेलले नयाँ अवस्थामा नीति नियम र कानून नयाँ नै बनाउनुपर्ने भन्दै यस काममा पनि सरकार लागेको पनि जानकारी दिए ।

कार्यक्रममा पोखरेलले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम काठमाडौं चार नम्बर वडामा अन्तर्गत चुनदेवी क्षेत्र बिकास समाज सामूदायिक भवनको शिलन्यास गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुग्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्