प्रदेश २ मा छोरीहरुलाई बीमा रमक तीन लाख

काठमाडौं, माघ १७ । प्रदेश २ सरकारले बालिकाहरुको बीमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख र्पुयाएको छ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत सरकारले उक्त बिमा रकम बडाएको हो ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा मुख्यमन्त्री लालबाब राउतले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत अघिल्लो बर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बीमा गरिदै आएकोमा उक्त रकम बढाएर अहिले बढाएर तीन लाख र्पुयाएको बताए ।

यसका साथै मधेश आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यलाई रोजगारी तथा गुजाराका लागि सहयोग दिने, मधेश शहिद प्रतिष्ठान गठन गर्ने र प्रादेशिक अस्पताललाई आर्युविज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णय समेत सरकारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

बेटी पढाउ बेटी बचाउ अभियानले त्यहाँका बेटीहरुलाई केहि सहज र सरल हुने भएको छ । उनीहरुको शिक्षामा विषेश टेवा पुग्न अपेक्षा सरकारले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्