सरकारले भन्यो : आत्तिनु पर्दैन, चीनमा रहेका नेपालीको स्वास्थ्य ,सुरक्षाका लागि प्रतिबद्ध छौं

पार्वती पाठक – काठमाडौं, माघ १७ । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको छ । चीन यति बेला कोरोनाविरुद्ध लडिरहेको छ र भाइरसका कारण चीनले निकै चुनौतीपुर्णको सामना गर्नु परिरहेको छ । चीन अहिले निकै संटकपुर्ण अवस्थामा गुज्रिरहेको छ ।

त्यहाँका कयौं नागकिर यस भाइरसबाट प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले आपतकालको घोषणा गरिसकेको छ । भाइसको महामारी फैलीएपछि विभन्न देशले आफ्ना नागरिक फिर्ता लैजान पनि सुरु गरिसकेका छन् ।

अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन् ।भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् । सरकारले विभन्न तयारी गरिरहको बताएको छ । यता आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दे चीनमा रहेका नेपालीलाई सहयोग पु¥याएको भन्दै चीन सरकारलाई धन्यवाद दिएको छ । साथै सरकारले चीनमा रहेका नागरिकहरुको स्वास्थ्य सुरक्षा गर्नु पर्ने सम्पुर्ण व्यवस्थाका आफु प्रतिबद्ध रहेको जनाएको छ ।

तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले भने कुनै चासो देखाएको छैन  । वुहानमा रहेका विद्यार्थीले भने आफूहरू खतरामा रहेकाले घर लगिदिन याचना गरिरहेका छन् ।

‘कोरोना भाइरसले त्रसित बनाएको छ । नेपालमा अभिभावक झन् बढी तनावमा छन् । ‘चीनमा हाम्रा सन्तान त्रासमा छन्, हामी यता तनावमा छौँ । त्यहाँ सबै क्षेत्र बन्द भएकाले उनीहरूलाई खानाकै पनि समस्या छ । सरकारले तत्काल उद्धार गरिदेओस्,’ आफ्ना नागरिकको सुरक्षा सरकारले चाडो भन्दा चाडो गर्न आम समुदायले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्