कर धेरै भयो, घटाउने गृहकार्यमा छौं : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं , माघ १६ । पछिल्लो समय तीन तहकै सरकारले जनाताले सोचे भन्दा नि बढि कर उठाउदै आएका छन् । कर्पाेरेट करको दर धेरै भयो भनेर उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । यस्तै आयकरका विषयमा पनि जनस्तरबाट गुनासो व्यक्त हुदै आएको छ । उपभोक्ताले तिर्ने १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) को दरका विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ ।
यसै विषयमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले करको दर घटाउने बताएका छन् । करको दर धेरै भयो भनेर देशभरबाट गुनासो आएकोले घटाउन लागिएको मन्त्री पोखरेलको भनाइ छ । देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । तीन तहको सरकार भएको र तीन तहकै सरकारले कर उठाउन थालेका कारण करको दर धेरै भएको उनको भनाइ छ ।
‘हामीलाई जनताले चुनाव जिताएर पठाएका हुन, हामीले जनतालाई खुसी बनाएर नै जनताको मन जित्ने हो, कर धेरै भयो भनेर व्यापक गुनासो आएको छ, गुनासो सम्बोधन गर्न कर घटाउने गृहकार्यमा छौं,’ मन्त्री पोखरेलले भने ।कसरी करको दर कम गर्ने र कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने विषयमा मन्त्री पोखरेलले केही प्रष्ट्याएनन् । यस्तै, नेपाली औषधी उत्पादक उद्योगीले विदेशी औषधीको आयातमा कडाई गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने बताए ।
नेपालबाट ११ अर्ब रुपैयाँको पाम आयल भारतमा निर्यात गर्दा भारतीय व्यापारीले विरोध गरेका थिए । सोही विरोधका कारण भारत सरकारले नेपालबाट पाम आयाल आयात नगर्ने निर्णय गरेको थियो । नेपालमा वार्षिक करिब ४० अर्ब रुपैयाँ बराबरको औषधी आयात हुने गरेको छ ।
तर, नेपाली औषधी उद्योगले विदेशी औषधी आयातमा कठाइ गर्नुपर्ने माग गरिरहेको समयमा रक्षमन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन हुने प्रकारको अभिव्यक्ति दिएका हुन् ।
यता औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा नै औषधी उत्पादन गर्ने कम्पनीलाई सहयोग गर्न सरकार लागिपरेको जानकारी दिए ।नेपाली औषधी उद्योगहरुले औषधी आयातमा कडाइ गरौं भन्दा सरकारले कुनै चासो नदेखाएको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउनु पर्ने शर्माको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्