धुर्मुस-सुन्तलीको ’सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ १५ । नेपाली फिल्म ’सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। धुर्मुस-सुन्तलीले बनाएको फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार समेत गरिएको छ।यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन्।

फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन्। चलचित्र फागुन ९ गते प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्