सावधान ! नेपालमा भेटियो थप १ जनामा कोरोना भाइरस

काठमाडौं, माघ १५ । कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा थप १ जना बिरामी भर्ना भएका छन् ।चीनको वुहान शहरमा अध्ययन् गरी फर्किएका २५ बर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी छात्रा केही दिन अघि नै नेपाल फर्किएकी थिइन् ।‘ज्वरो आउने र अरु केही लक्षण देखिएपछि बुधबार विहान टेकु अस्पतालको आकस्मिक कक्षमा आउनु भएको थियो । हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेशन वार्डमा सारेका छौँ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले आइसोलेशन वार्डमा २–३ दिन अघिदेखि अस्पतालमा रहेकी चिनियाँ प्राध्यापकको रिपोर्ट समेत नेगेटिभ आएको बताइन । रिपोर्ट नेटेटिभ आएपछि अस्पतालले बेलुकासम्म उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।

टेकु अस्पतालको आइसोलेशन वार्डमा अहिलेसम्म ६ जना विरामी भर्ना भएकामा चार जना डिस्चार्ज भईसकेका छन् । आज बेलुका सम्म थप एक जनाको पनि डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्