जानिराखौं खाना खानेबित्तिकै नगर्नुस् यी पाँच काम नत्र……

काठमाडौँ , माघ १५ । दैनिक जीवनमा ऊर्जावान रहन खानाले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ। मानिसले जे खान्छ, त्यसले शरीरमा प्रभाव पार्ने गर्छ । खानाको प्रकृतिले मानिसको शारीरिक स्वास्थलाई मात्र नभएर मानिसको मानसिक स्वास्थलाई पनि असर पार्दछ। हिजोआज मानिसको व्यस्तताका कारण उसले पर्याप्त मात्रामा पोषिलो खाना खान पाइरहेको हुँदैन। व्यस्तताकै कारण खाना खाने वित्तिकै मानिसले अनेकौं गतिविधि गर्ने गर्छन, जुसले स्वास्थमा निकै नकारात्मक असर पु¥याउने गर्दछ।

जानिराखौं खाना खानेबित्तिकै भुलेर गर्ननहुने यी पाँच काम:

१. फलफुलको सेवन : मानिसले फलफूलको सेवन गर्नु अत्याधिक लाभदायक कुरा हो। तर, फलफूललाई उचित समयमा सेवन गर्नुपर्ने हुन्छ। प्रायः फलफुलको सेवन खाली पेटमा वा खाना खाइसकेपछि एक निश्चित अवधिपछि सेवन गर्नु उत्तम हुन्छ। खाना खाएपछि तुरुन्त फलफूलको सेवन गर्दा पेटको अवशोषण क्षमता घटाउनुका साथै पचान प्रणालीका लागि घातक सावित हुन सक्छ।

२. खाना खाएपछि तुरुन्त सुत्नु : खाना खाएपछि सुत्न कसलाई मन पर्दैन ? खान खाएपछि तुरुन्त सुत्दा यसले मानिसको पाचन प्रणालीमा नकारात्मक असर पुर्याउँदछ। खाना खाएको समय शरीर ठाडो अवस्थामा हुन्छ, तर यदि खाना खाएपछि तुरुन्त सुतियो भने यसले पाचन प्रणालीलाई अवरोध सिर्जना गर्दछ । जसका कारण पेट फूल्ने तथा अनेकौं समस्याहरु निम्तिन सक्छ। त्यसैगरी, खाना खाने वित्तिकै कहिल्यै पनि नुहाउनु हुँदैन।

३. धूमपान र सुर्तीजन्य पदार्थको सेवन : धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्नु स्वास्थको लागि हानिकारक हो। तर, यो थाहा हुँदाहुँदै पनि कतिपय मानिसलाई खाना खाए लगतै धूमपान गर्ने बानी हुन्छ । धुमपान र सुर्तिजन्य पदार्थको सेवनले तुलनात्मक रूपमा पेटमा नकारात्मक असर गर्दछ । यसले आन्द्रालाई नकारात्मक असर पुर्याउदछ। अध्ययनका अनुसार खाना खाएपछि एउटा सिगरेटको असर १० सिगरेट पिए जत्तिकै असर पुर्याउदछ।

४. खाना खाएपछि बेल्ट खोल्नु : खान खाइसकेपछि आफ्नो बेल्टलाई खोल्नु वा त्यसलाई खुकुलो गर्नु एक नकारात्मक संकेत हो, यसको मतलबे पेटको क्षमाता भन्दा बढी खायौं जसका कारण बेल्टलाइ खुकुलो बनाउन पर्यो। पेटको क्षमताभन्दा धेरै खाइयो भने यसले पेटमा दबाब सिर्जना गर्दछ, जसका कारण ग्यास्ट्रिक प्रक्रिया र पाचन प्रणालीमा अवरोध हुने गर्दछ । जुन लामो अन्तरालमा विकराल समस्याको रुपमा परिणित हुन सक्छ। त्यस्तै, खाना खाइसकेपछि भारी व्यायाम गर्नु हुँदैन।

५. पानी पिउनु : हरेक मानिसले पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। तर, खाना खाए लगतै पानी पिउँदा पेटमा भएको ग्यास्ट्रिक जुसहरु घुल्ने गर्छन्, जसका कारण इञ्जाइम्सहरु पातलो हुने गर्दछन् र एसिडिटी हुने समस्या निम्तिन सक्छ। त्यसैगरी, खाना खाइसकेपछि चिया, कफि तथा अन्य क्याफिन भएका पेय पदार्थको सेवन गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्