दोस्रो त्रैमासमा नेप्सेको बर्गिकरणमा समूह ए मा १२ वाणिज्य बैंक, कुन- कनु परे ?

काठमाडौं, माघ १४ । दोस्रो त्रैमासमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को बर्गिकरणमा समूह ए मा १२ वाणिज्य बैंक परेका छन् ।

बैंक अफ काठमाडौं, सिटीजन्स बैंक इन्टरनेशनल, ग्लोबल आइएमई बैंक, कुमारी बैंक,लक्ष्मी बैंक,माछापुच्छ्रे बैंक , नेपाल इन्भेष्टमेण्ट बैंक,नेपाल एसबिआई बैंक,एनआईसी एशिया बैंक, एनएमबी बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक परेका हुन् ।

हाल सम्ममा नेप्सेमा २११ कम्पनी सूचीकृत छन् । ती मध्ये १७३ कम्पनी समूह जेड मा परेका छन् । वी समूहमा कुनै पनि कम्पनी परेका छैनन् भने जी समूहमा ३२ ओटा कम्पनी परेको छन् । नेप्सेले धितोपत्र सूचिकरण नियामवली २०७५ अनुसार कम्पनीको बर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्