पाम तेलको प्रतिबन्ध हटाइदिन भारतलाई आग्रह

काठमाडौं, १३ माघ । पछिल्लो समय सबेभन्दा बढि निर्यात भएको पाम तेलमाििथ भारतले प्रतिबन्ध लगाइदिए पछि नेपालमा निर्यातमा केहि सुचांक फरिएको छ । यसले निर्यात घट्दा समस्या पर्दै गएका भनि नेपालले ताम तेलमा लगाइएको प्रतिबन्ध हटाइदिन भारत सरकारलाई औपचारिक रुपमा आग्रह गरको छ ।
भारतले प्रतिबन्ध गरेलगत्तै थालिएको अनौपचारिक छलफलले समस्या समाधान नभएपछि पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पाम तेलको निर्यात फकुवा गर्न कुटनीतिक च्यानलमार्फत भारत सरकारलाई औपचारिक अनुरोध गरिएको मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रिय ब्यापार महाशाखा प्रमुख सह–सचिव नवराज ढकालले जानकारी बताए । ‘पाम तेलको प्रतिबन्ध फुकुवाबारे कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयमा यसै साता पत्राचार गरिएको उनले बताए ।

पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो ।

भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मानी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख छ ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका ब्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् , त्यसले अहिले काम पाएको छैन ।

यकीन तथ्याङ्क र लगानी नभए पनि उद्योगीहरूको प्रारम्भिक अनुमानअनुसार उद्योगमा २५ अर्ब रुपैयाँ भन्दा बढी रकम पाम तेल प्रशोधन उद्योगमा लगानी गरेका छन् । यसमा ११ हजार जनाले रोजगारी प्राप्त गरेको अनुमान गरिएको छ ।

भन्सार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ ।

भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसाययीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । अर्कोतर्फ इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् ।

सिधै इन्डोनेसिया र मलेसिया भन्दा नेपालबाट लिंदा सस्तोमा तेल पाइने भए पछि नेपालको बाटो हुंदै पाम तेल भारतीय बजारमा जाने क्रम बढेको थियो ।

कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम तेल उपयोगी हुने बताइन्छ । पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकलगायतका सामाग्री बनाउन अत्यधिक प्रयोग हुन्छ ।

इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने एक प्रकारको वनस्पतिजन्य तेल नै पाम हो । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । पाम तेलको कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ ।
यसलाई भारत सरकारले सकारात्मक रुपमा लिएमा निर्यातको बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्