गायीका राउतलाई ४ दिन हिरासतमा राख्न अनुमती

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीललाई अनुमती दिएको छ । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार पछि एकएक विवादमा परेकी गायीका आस्था राउत प्रहरी कार्यालय टेकु पुगेकी राउतले प्रहरी समक्ष आत्म समर्पण गरेपश्चात पहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हाजिर गराएको थिए ।

जिल्ला प्रशासन कार्यालयले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्