गायीका आस्था राउत प्रहरी कार्यालय टेकुमा

काठमाडौं, १३ माघ । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार पछि एकएक विवादमा परेकी गायीका आस्था राउत प्रहरी कार्यालय टेकु पुगेकी छन् ।

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका राउत प्रहरीसमक्ष उपस्थित भएकी छलफल मा छिन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएका स्रोतले जनाएको छ ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको छ । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ प्रहरीले जनाएको छ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो । त्यससैले उनले आत्मसमर्पण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्