विभिन्न कार्यक्रम गरि देशभर संविधान दिवस मनाईदै

काठमाडौं । राजधानी लगायत देशका विभिन्न भागमा तेस्रो संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । आज बिहानै राजधानीको टुडिखेलमा एक कार्यक्रम गरि तेस्रो संविधान दिवस मनाईको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, उप–राष्ट्रपति, नन्दकिशोर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख ओन्सारी घर्तिमगर सहित विभिन्न राजनीतिक दलका शिर्ष नेता, कुटनिति नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न कलाकार तथा खेलाडीहरुले आ–आफ्नो प्रतिभा देखाएका थिए ।
यसै गरि तेस्रो संविधान दिवसलाइ उत्सवको रुपमा लिइ भोजपुर, पोखरा, बुटवल, भैरहवा लगाएत देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइदै छ ।

तस्विरमा तेस्रो संविधान दिवस:

 

 

तस्विरः मुकुन्द कालिकोटे

प्रतिक्रिया दिनुहोस्