जापानमा रहेका गायक सुर्य खड्काको पञ्चेबाजा गीत पोखरामा फेवा (भिडियोसहित)

काठमाडौं ।  गुराँस मुभिज प्रा.लीको प्रस्तुतीमा रहेको चर्चित गायक सुर्य खड्काको पञ्चेबाजाको गीत पोखरामा फेवा बजारमा आएको छ । हिजो मात्र बजारमा आएको गीतमा सुर्य खड्का र देवी घर्तीले आवाज दिनुभएको छ । यस गीतमा शब्द भने शिव अखेली र ईश्वर कँडेलको रहेको छ ।

लय भने खड्काकै रहेको छ । कुमार के.सीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा अहिलेकी ब्यस्त मोडल आरुसी मगर र बिनोद भण्डारीको छ । कामको शिलशिलामा जापान भएपनि गायक खड्काले समयसमयमा आफ्ना गीत बजारमा ल्याइनै रहनुभएको छ । र उहाँका गीत दर्शक स्रोताले एकदमै मन पराएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्