प्रिमियर लिगमा लिभरपुलको १६ अंकको अग्रता
काठमाडौं, १० माघ । लिग लिगर लिभरपुलले प्रिमियर लिगमा फेरि १६ अंकको अग्रता लिएको छ । बिहीबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रता लिएको हो ।
रोवर्टो फिर्मिनोले खेल सकिन ६ मिनेटअघि लिभरपुलका लागि निर्णायक गोल गरे । त्यसअघि खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपछि यो सफलता मिलेको छ ।
राहुल जिमेनेजले ५१ औं मिनेटमा घरेलु टोली उल्भ्सका लागि बराबरी गोल फर्काए । तर ८४ औं मिनेटमा फिर्मिनो गोल गर्दै लिभरपुललाई जिताए । जितपछि लिभरपुलले २२ खेलबाट ६७ अंक जोडेको छ । साविक विजेता म्यानचेष्टर सिटी २४ खेलबाट ५१ अंकसहित दोस्रो छ । लिभरपुलले पाँच दिनपछि वेष्टहत्रमसँग खेल्दैछ । जसमा अझै अग्रता बढाउने अवसर छ ।
यस्तै लिगमा ४० खेलसम्म अपराजित लिभरपुलले पछिल्ला १४ खेलमा लगातार जित हात पारेको छ । यस सिजनको फललता हात पारेको टिम लिभरपुलले २३ मध्ये २२ खेल जित्दा १ खेल बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्