काष्ठमण्डप पुनर्निर्माणः महानगरपालिकाद्वारा थप ५ करोड हस्तान्तरण

काठमाडौं, माघ९ । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ ।

महानगरले बुधबार आयोजित एक कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

३१ वैशाख २०७५ मा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए ।

शुभारम्भ भएसगै काष्ठमाण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो ।

त्यस्तै महानगरले २०७६ मा थप ५ करोड रकम हस्तान्तरण गरेको थियो ।

हालसम्म १० करोड ५० लाख रुपैयाँ काष्ठमण्डप पुनः निर्माणका लागि हस्तान्तरण गरिसकेको छ । काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्