‘नेकपा शीर्ष नेता गुटबन्दीमा – अध्यक्षबाटै निर्देशन उल्लंघन’

काठमाडौं, माघ ९ । नागरिक दैनिकमा ‘नेकपा शीर्ष नेता गुटबन्दीमा – अध्यक्षबाटै निर्देशन उल्लंघन’ शीर्षकमा समाचार प्रकाशित छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टी्भित्र गुठबन्दी मौलाएको उल्लेख गरे ।

त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी गर्न नपाइने भन्द्यै नेता–कार्यकर्तालाई निर्देशन जारी गर्यो । तर राजनीतिक प्रतिवेदनमा गुटबन्दी अन्त्यका लागि वैधानिक व्यवस्था गर्न प्रस्ताव राख्ने दुई अध्यक्ष र सचिवालय सदस्य तथा गुटबन्दी नगर्न निर्देशन दिने नेताहरु नै गुटबन्दीमा लागेका छन् ।

अध्यक्ष दाहालले स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा पूर्व माओवादी समूहका नेताहरुलाई खुमलटारमा बोलाएर बैठक गरे । स्थायी कमिटी बैठक बसिरहेका बेला यसरी आफ्नो समूहका नेताहरुलाई बोलाउनु नै गुटबन्दी हो । त्यतिबेला अध्यक्ष केपी ओली भने स्थायी कमिटी बैठकमा सहभागी थिएनन् ।

बैठक सकिएपछि ओली र दाहाल दुवैले गुटबन्दी अन्त्यका लागि अन्तरपार्टी निर्देशन जारी गरे । त्यसको उल्लंघन पछिल्लोपटक दाहालले नै गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्