राष्ट्रिय महत्वका आयोजना सरकारको पहिलो प्राथमिकता : मन्त्री नेम्बाङ
काठमाडौं, माघ ८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले यातायातलाई व्यवस्थित बनाउनका लागि पूर्व(पश्चिम विद्युतीय रेल सञ्चालन गरिने बताएका छन् ।
बुधबार कञ्चनपुरमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन् । उनले पूर्व पश्चिम विद्युतीय रेल सञ्चालनका लागि डिपिआर निर्माण भएको समेत बताए।
उनले महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल समयमै निर्माण हुने र यसले त्रिदेशिय सम्बन्ध सुमधुर हुने पनि बताए। कञ्चनपुर जिल्लामा १६ वटा तराई(मधेस पूर्वाधार सडक निर्माण भइरहेको उनले जानकारी दिए।
उनले अगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गरिने बताए। राष्ट्रिय महत्वका आयोजना सरकारको पहिलो प्राथमिकतामा रहेको चर्चा गर्दै उनले त्यसलाई पूरा गर्न लागि परेको बताए।















प्रतिक्रिया दिनुहोस्