अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात, हिउँले पुरिएको आशंका

काठमाडौं, माघ ८ । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली र ४ जना कोरियन नागरिक हिउँमा पुरिएको आशंका गरिएको छ । ६ दिनसम्म पनि फेला उनीहरु फेला पर्न सकेका छैनन् । बेपत्ता भएका नेपालीसहित कोरियाली नागरिकको खोजीका लागि यति ेबला नोपली सेनाको टोली अन्नपूर्ण क्षेत्रमा परिचालित छ ।

सेनाको टोलीले प्राप्त सूचना, नेपाली पथप्रदर्शक (गाइड)का आफन्त तथा घटनास्थल नजिकै रहेका होटलहरुको सहयोगमा बेपत्ता भएका हरुको खोजी कार्य जारी राखेको जनाइएको छ ।

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि स्थानीय प्रशासनसँगै प्रहरी र सशस्त्र प्रहरीको टोली पनि परिचालन भएको छ ।

गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्क्विहीन हुन पुगेका थिए ।घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए ।

नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा ९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ । उनीहरुको खोजि तिब्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्