अक्षय कुमारले मागे एक फिल्मका लागि १२० करोड पारिश्रमिक !

 

काठमाडौं, माघ ८ । बलिउड अभिनेता अक्षय कुमारले एक फिल्मका लागि १ सय २० करोड पारिश्रमिक मागेका छन् । उनी व्यावसायिक अभिनेता हुन् । उनले बक्स अफिसमा हिट फिल्म त दिएका छन् नै । पारिश्रमिक पनि बढाइरहेका छन् ।

सन् २०१९ मा अक्षय कुमारका फिल्मले ७ सय करोडभन्दा बढी कलेक्सन गरे । यो यस्तो रेकर्ड हो, जहाँ कुनै खान पनि पुग्न सकेका छैनन् । न त ऋतिक रोशनले नै यो रेकर्ड बनाउन सकेका थिए ।

पहिलोपटक बलिउड स्टारमा यस्तो रेकर्ड अक्षय कुमारले राखे ।यतिबेला बलिउडका कैयन् निर्माता–निर्देशकले अक्षयलाई आफ्नो फिल्ममा साइन गर्न चाहन्छन् । अक्षयले पनि यही मौका पारेर आफ्नो पारिश्रमिक बढाएका छन् ।

अक्षयसँग जोडिएको एक खबरअनुसार अक्षय कुमारले सय करोडभन्दा बढी पारिश्रमिक बढाएका छन् ।उक्त फिल्ममा सारा अली खान र साउथ स्टार धनुष पनि हुनेछन् । फिल्मको शूटिङ छिट्टै शुरु हुनेछ ।

भारतीय मिडियाका अनुसार अक्षय कुमारलाई यति रकम निर्माण टिमले दिने भएको छ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्