स्वास्थ्यमन्त्री ढकालले गरे डडेल्धुरा अस्पतालको निरीक्षण, स्थानीय भन्छ्न्- निरीक्षण गरेर मात्रै हुँदैन्

काठमाडौं, माघ ७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् ।
डडेल्धुरा भ्रमणमा रहेका मन्त्री ढकालले मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री ढकालले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएका अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिए ।

मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए ।

उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समेत रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्