कम्पनी अध्यावधिक गर्दा लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण पुस मसान्तसम्म म्याद थप

काठमाडौं, १२ कार्तिक। कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्थाः पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप भएको छ ।
सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२÷८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुने भएको छ ।
अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको हो । यसले गर्दा कम्पनी खरेज र कारोबार गर्न सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्