प्रचण्ड र पौडेलबीच खुमलटारमा भेटवार्ता , यस्तो भयो छलफल
काठमाडौं , माघ ७ । लामो समयपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा करिब ४० मिनेट छलफल भएको बताएको छ ।
छलफलमा पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रस्ताव गरेका थिए। यता प्रचण्डले आफू सकारात्मक रहेको र पार्टी्भित्र छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको बताएको छ ।
प्रचण्ड र पौडेलको छलफल सभामुख र उपसभामुखको निर्वाचन केन्द्रित भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।
‘दुई नेताले पहिले देखि नै भेटघाट गर्न खोज्नु भएको थियो समय मिलेको थिएन,’ उनले भने, ‘अहिले वरिष्ठ नेता भारतबाट फर्के लगत्तै समय मिलाएर उहाँहरुले भेट गर्नु भएको हो।’ भेट वार्ताको क्रममा वर्तमान राजनीतिक अवस्था र सभामुख, उपसभामुखको निर्वाचनको सवालमा पनि छलफल भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्