नेपालको अर्थतन्त्र सहि दिशामा चलिरहेको छः अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ ७ । विश्वको अर्थतन्त्र खस्किरहेको चर्चा चलिरहँदा अर्थमन्त्री डा युवराज खतिवडाले भने सहि दिशामा चलिरहेको दाबि गरेका छन् ।

कृषि विकास बैंकले आयोजना गरेको ५३औं वार्षिकोत्सवको अवसरमा खतिवडाले यस्तो दाबि गरेका हुन् । उनले तथ्याङ्क हेरेर मात्रै अर्थतन्त्रको विश्लेषण गर्न आग्रह गरे।

’हिजोआज विश्वतन्त्र ओरालो लाग्यो भन्ने चर्चा चल्ने गरेको छ। अर्थतन्त्र उकालो ओरालो भैरहन्छ,’ उनले भने, ’यसका विषयमा धेरै चर्चा गर्न आवस्यक छैन।’ यसै सन्दर्भमा खतिवडाले नेपालको अर्थतन्त्र सोलिड सुध्रिड र स्थायीमार्गमा अगाडि बढिरहेको पनि बताए । उनले बैंक वित्तीय क्षेत्र तथा व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय आग्रह समतेत गरे।

खतिवडाले थप विश्वास दिलाउन भने ’कहिलेकाही सरकारले भनेको कुरामा विश्वास गर्न तपाईंहरुलाई गाह्रो भयो भने अन्तर्रा्ष्ट्रिय संस्थाहरु जसले नेपालको अर्थतन्त्रलाई मोनिटर गर्छन्, नजिकबाट नियाल्छन् र स्वतन्त्र रुपले आफ्ना विवरणहरु प्रतिवेदनहरु प्रकाशन गर्छन् ।

नेपालको आर्थिक वृद्धिदरलाई लिएर पछिल्लो समय खतिवडाको आलोचना हुन थालेको छ । आलोचना भएपछि उनले थप डिफेन्स गरेका छन्।

नेपालको आर्थिक वृद्धिदरको बहस तीन/चार प्रतिशतबाट ८ /१० प्रतिशतका लागि हुने गरेको उनले बताए। ’बहसको स्तरै माथि पुगिसक्यो। हामी अर्थतन्त्रको माथिल्लो चरणमा पुगिसक्यौ,’ उनले भने, ’अन्तर्रा्ष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र रिमार्केवल पाथमा अगाडि बढिरहेको जनाएका छन्।’

साथै समारोहका प्रमुख अतिथि अर्थमन्त्रीले डिजिटाइजेसन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरहरू (शाखा बर्जू, आमबारी, रवि, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउँ, सुकटिया, ओदानकू महावै र एक्सटेन्सन काउन्टर धुलिखेल) गरी १६ वटा कार्यालयको समेत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्