एकीकृत चेक पोस्ट उद्घाटन
काठमाडौं, ७ माघ । भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट (आईसीपी) को आज उद्घाटन हुँदैछ ।
प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा नेपाल–भारतको संयुक्त लगानीमा निर्मित एकीकृत चेक पोस्टको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने छन् । आज बिहान १० बजे भिडियो कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले स्वीच अन गरेर उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत आईसीपीको उद्घाटन गर्नु हुनेछ । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।
सन २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्मााको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ ।
आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।
नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् ।
निजी आवासको हस्तान्तरण पनि आजै
भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ । नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् । सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिएर नेपाल भारत सहयोगमा निर्माण निजी आवासको हस्तान्तरण
गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी वा माघ ७)मा कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।







प्रतिक्रिया दिनुहोस्