पाँच महिनामा निर्यात २७ प्रतिशतले बढ्यो, आयात घट्यो

काठमाडौं, माघ ५ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट हुने बस्तुको निर्यात व्यापार २७ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६र७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

यो अबधिमा आयात भने ४.२ प्रतिशतले घटेको छ । पाँच महिनामा आयात घटेर रु. ५८१ अर्ब २६ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले मात्र वृद्धि भएको थियो भने आयात ३४.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्