दाङमा अनिश्चितकालिन बन्द , घोराहीमा विशाल जनप्रदर्शन

काठमाण्डौं । दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन बुधबार पनि जारी रहने छ । दाङमा प्रदेश प्रहरी कार्यालय, उच्च अदालत आदि स्थापना भइसकेको पछिल्लो समयमा अन्यत्रै मुकाम तोक्ने तयारी गरिएको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेका हुन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले मंगलबार दिउँसो २ बजे देखि ४ बजेसम्म बजार बन्द गराएका थिए । बुधबारदेखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ ।

दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन् ।

दाङको भालुवाङ, लमही, घोराही, नारायणपुर, बिजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बुधबारदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिए ।

साथै बुधबार बिहान ८ बजे घोराहीमा विशाल जनप्रदर्शनको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्