अधिकांश स्थानहरुमाहरुमा मतगणना सुरु, प्रतिस्पर्धामा मूख्य दल नै

काठमाडौं । स्थानीय तेस्रो तहको प्रदेश नम्बर २ को ८ जिल्लाका अधिकांश स्थानहरुमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । सुरुवातीमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन ।
सोमबार निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु हुनेछ भने केही स्थानीय तहको सोमबार रातिदेखि मतगण्ना सुरु भयो ।
निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि ७० वटा स्थानीय तहको मतगण्ना सुरु भएको छ । मंगलबार बिहान थप ६० वटामा मतगणना सुरु हुने आयोगले जानकारी दिएकोछ ।
मंगलबार बिहान ८ बजेसम्मको मतांकका आधारमा हेर्दा अधिकांश स्थानीय तहमा विभिन्न ६ वटा दलवीच प्रतिस्पर्धा हुने संकेत छ ।
आज बिहानसम्म सिरहाको लाहान नगरपालिकामा नेपाली कांग्रेस, एमाले र राजपावीच प्रतिस्पर्धा देखिएको छ ।
वडा अध्यक्षको मृत्यु भएकाले राजविराज नगरपालिकामा भने ५ गतेपछि मात्रै मतगणना हुने आयोगले जानकारी दिइएकोछ ।

प्रतिक्रिया दिनुहोस्