दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

काठमाडौं । दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुने गरेको छ। मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको हो ।

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् ।

उक्त संख्यालाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ । प्राधिकरणले २०७३ वैशाख १ मा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सुरु गरे यता सोमबार सम्ममा एक करोड ७७ लाख १९ हजार साय सय ४८ आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

अधिकांश मोबाइल सेटमा दुई वटा आईएमईआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झण्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ ।

‘पछिल्लो तथ्यांक हेर्दा मासिक झण्डै चार लाख २० हजार मोबाइल सेट भित्रिरहेका अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्