किन खाने टमाटर ? यस्ता छन् खानुका फाइदा हेर्नुहोस्

काठमाडौं, माघ ५ ।  तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।

टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।

टमाटरका धेरै फाइदाहरु छन् । टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ । यसका

केही फाइदाहरु निम्न छन्ः

-टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।

-विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।

-यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।

-गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।

-यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।

-काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ, आँखा तेजिलो पार्छ

-टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

-बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।

-मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ ।

-प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।

 

प्रतिक्रिया दिनुहोस्