अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत , बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने बताइको छ ।
सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।
यसैबिच नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यो विवाद चर्कदै गएपछि गत प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ । पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ । यसैबीच सभामुखको उम्मेदवार तय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ ।
महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए । ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले भने।
यो बीचमा अध्यक्षद्वयबीच पूर्व एमाले वा पूर्व माओवादी कुन समुहको सभामुख उम्मेदवार बन्ने भन्नेमा ओली र प्रचण्डढबीच सहमति जुट्न सकेको थिएन ।
सभामुखका लागि अध्यक्ष ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष अग्नि सापकोटा सभामुखको उम्मेदवारका रुपमा अघि सारेका छन् ।
एक नेताले जनाए अनसार आज बस्ने सचिवालय बैठकमा नेम्वाङ र सापकोटामा सहमति नभए तेस्रो व्यक्ति सभामुखको उम्मेदवार बनाउने गरी निर्णय हुनसक्ने छ । पटक पटक बैठक बस्दा पनि अझै सम्म नेकपाले सभामुखको टुंगो लाउन सकेको छैन । चाडो भन्दा चाडो टुंगो लगाउन विभन्न दल तथा अन्यबाट दबाब बढेको छ ।
प्रतिक्रिया दिनुहोस्