श्रीलङ्काका राजदूत तिलकाद्वारा चारुमति स्तूपको अवलोकन भ्रमण

काठमाडौँ, ४ माघ । नेपाल भम्रण वर्ष २०२० मनाईरहँदा नेपालस्थित श्रीलङ्काका राजदूत हिमाली अरुणा तिलकाले धार्मिक पर्यटनको अभिवृद्धि गर्न चाहविलस्थित ऐतिहासिक चारुमति स्तूपको अवलोकन भ्रमण गर्नुभएको छ ।
राजदूत तिलकाले भम्रण वर्ष २०२० लाई सफल बनाउन तथा स्तुपाको विकास एवं संरक्षण एवं धार्मिक पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले शनिबार स्तूपको भ्रमण तथा जानकारी लिनुभएको हो । केही महिना अगाडि नेपालमा राजदूत भई कार्यभार सम्हाल्नुभएका तिलकालाई चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सीधम्म महास्थवीरले विहारको ऐतिहासिक, सांस्कृतिक पक्ष, धार्मिक गतिविधिकाबारे जानकारी गराउनु भएको हो ।

उक्त भेटघाट कार्यक्रममा राजदूत तिलकाले नेपालका बौद्ध अनुयायी श्रीलङ्कामा दुई हजार वर्ष अगाडि पुगेर व्यावसाय गरेको स्मरण गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र नभई ऐतिहासिक सम्बनध रहेको बताउनुभयो । उहाँले श्रीलङ्कामा रहेका बौद्ध अनुयायीलाई यस्ता सम्पदा तथा दर्शनले आकर्षित गर्ने र भ्रमणका लागि वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा बौद्ध साहित्य तथा दर्शनको हुन नसकेको अवस्थामा नारद्थेरा नेतृत्वको समूहले श्रीलङ्कामा भएका बुद्धका अस्तुधातु नेपालमा उपहार स्वरुप ल्याएकाले पनि दुई देश वित्रको सम्बन्ध अझ प्रगाढ भएका बताउनुभयो ।

चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सीधम्म महास्थवीरले दुई मुलुकबीचको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्न बौद्ध साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । अन्तरराष्ट्रिय तहमा फैलदै गएको द्वन्दले मानव समुदाय अक्रान्त भएको अवस्थामा चिन्ता व्यक्त गर्दैै विश्व शान्ति, अहिंशा र मानव कल्याणको लागि बैद्ध दर्शन तथा सहित्यको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्राट अशोकले बौद्ध दर्शन तथा साहित्यको प्रवद्र्धन गर्न छोरी चारुमतिलाई नेपाल पठाएर निर्माण गर्न लगाइएको सो स्तूपलाई धन्दो चैत्य समेत भनिन्छ । करीब दुई हजार ३०० वर्ष पूरानो मानिएको चैत्य महत्वपूर्ण बौद्ध सम्पदाकासाथै बौद्ध अनुयायीको पवित्र धार्मिक तीर्थस्थल हो । विश्व सम्पदा सुूचिमा रहेको स्वयम्भूस्थित आनन्दकुटी विहार २०७२ सालको भूकम्पले क्षति भएपश्चात श्रीलङका सरकारको सहायोगमा रुं २० करोडको लागतमा पुनः निर्माण सम्पन्न भएको छ । श्रीलङका सरकारले नेपालको बैद्ध सांस्कतिलाई संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्