हिमालयन एभरेष्ट इन्सुरेन्स गर्यो लाभांश घोषणा
काठमाडौं,३० माघ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्सुरेन्सले ८.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८.७५ प्रतिशत नगद (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्