उपसभामुखले राजीनामा दिनुहुन्छ, उपर्युक्त पात्र खोजीका लागि सभामुख चयनमा ढिलाइ: प्रवक्ता श्रेष्ठ
काठमाडौं, माघ ४ । सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गर्दे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्।
सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उहाँले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ। उहाँ पार्टीबाट निर्वा्चित भएरै उपसभामुख हुनुभएको हो। यसबारे थप चर्चा गर्नु जरूरी छैन,’ उनले भने।
उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने उनले बताए।
‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर पनि हामी छिटै निष्कर्षमा र्पुयाउँछौं,’ शनिबार नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ। सूचना टाँसेर स्थगित गर्नु हुँदैन।
उपसभामुखले राजीनामा दिने विश्वास पार्टीको रहेको श्रेष्ठले बताए। उनले सभामुख पूर्वएमाले वा पूर्वमाओवादी भन्नेमा केन्द्रीत नरहेको दाबी गर्दै उपर्युक्त पात्र खोजीका लागि केही ढिलाइ भएको उनको भनाइ थियो ।
यता उपसभामुख तुम्बाहाङ्फेले सभामुख उम्मेदवार चयन भएपछि मात्रै राजीनामा दिने अडान गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्