लागूऔषध अखडामा प्रहरी छापा, ७ पक्राउ

काठमाडौं, माघ ४ । प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेको छ । छापासँगै ७ जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले छापा मारेर ७ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीय दीक्षा भट्टाचार्य, निशा कुशवार, हेटौंडा ४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौंडा–९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौंडा ५ का १८ वर्षीय अभिशेक ठकुरी र हेटौंडा १ का २५ वर्षीय निखिल लामा छन् ।

स्थानीय सुरेश त्रिपाठीको घरबाट गाँजा, बाँसमा कालो टेपले बेरेको चिम्नी १, माटोको चिम्नी १, ग्यास रिफिलसँगै १ थान अनटेस्ट स्कुटर र ना २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्