कालिञ्चोकमा हिउँ पर्याे, जाने होइन त हिउँ खेल्न ?
काठमाडौं,४ माघ । दोलखाको कालिञ्चोकमा हिउँ परेको छ । क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो लागेको छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ । कालिन्चोक जाने भनेको दुईवटा उदेश्य हुन्छ । एक हो कालिन्चोक भगवतीको दर्शन र अर्को हिउँ खेल्नी ।
जब चिसो मौसम सुरु हुन्छ कालिन्चोकमा हिउँ खेल्नेको धुइरो लाग्छ । भनिन्छ जीवनमा एक पटक पुग्नै पर्ने स्थल कालिन्चोक पनि एक हो । त्यसैले काठमाडौंलगायत विभिन्न क्षेत्रबाट भगवतीको दर्शन तथा हिउँ खेल्न मानिसको ओहिरो लाग्ने गर्दछ । काठमाडौं उपत्यकाबाट नजिक र शक्तिशाली भगवती कालिन्चोक भगवती आकर्षक गन्तव्ग भएकै काररण पनि कालिन्चोक पख्र्यात छ ।
यो आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्र हो । यसले गर्दा यस क्षत्रका मानिसहरुले केहि रोजगारका अवसर पनि पाएका छन् । बाहिरका मानिसले सवारी चलाउन कठिन हुने हुनाले यहाँकै भेहिकल प्रयोग गर्ने वाध्य पनि छन् । ट्राभल तथा टुर व्यवसायीहरु यसलाई प्याकेज बनाएर राम्रो आम्दानीको स्रोत बनाई रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्