काठमाडौं उपत्यकालगायत तराईका क्षेत्रमा बाक्लो कुहीरो, हवाई उडान र अवतरण रोकियो

काठमाडौं, ४ माघ । काठमाडौंको उपत्यकाको मौसम यतिखेर हुस्सुले ढाकिएको छ । बिहिबारदेखि परेको पानी आज शनिबार केहि रोकिएको छ । बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि कठिन छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले जानकारी दिए ।

यसैबिच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात परेकाले खरावी हुँदै गएको मोसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बर्षा र हिमपात गराउने प्रणाली कमजोर हुँदै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने महाशाखाकी मौसमविद् विभूती पोख्रेलले जानकारी बताइन् । तर शनिबार बेलुकीपख काठमाण्डौसहित मध्य र पश्चिमका थोरै ठाउँमा एकैछिन हल्का पानी पर्ने संभावना भने रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्