मन्त्री भुसाल भन्छन् -विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ

काठमाण्डौ , माघ ३ । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले यस्तोमा जोड दिएका हुन् । उनले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याउदै नेपालमा कृषिसम्बन्धी अध्ययनरअध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको बताए । साथ उनले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्ने बताए ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताएक । प्रोजेक्ट बनाउनेभन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताए ।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषिसम्बन्धी अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेका थिए ।

जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए । बजारमा कृषिको ठूलो जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्