आजका पत्रपत्रिकाः अर्थमन्त्री यु टर्न, ओली प्रचण्डबीचको दुरी घट्यो

काठमाडौं । केन्द्रीय सरकार राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूले विविध विषयलाई समेटेर प्रम्ख समाचार बनाएको छ । केहीले राष्ट्र बैंकका डेपुटी गभर्नरलाई मन्त्रिपरिषद्ले दिएको सफाइ, सफाइ दिने निर्णयले अर्थमन्त्रीमाथि परेको नैतिक संकटबारे चर्चा गरेका छन्, भने केहिले सभामुख चयनमा ओली लचक देखिएको खबर पनि आजका अखबारहरूले छापेका छन् ।
त्यस्तै आजको नागरिक दैनिकले दाहाद दवावमा भन्ने शिर्षकमा सभामुख नियुक्तीको समाचार लेखेको छ ।
श्रेष्ठलाई कारबाी स्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको मुद्धालाई मन्त्रिपरिषदले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकालेको र सफाइ दिएका समचारलाई अर्थमन्त्री यु टर्न शिर्षकमा समचार लेखेको छ ।
त्यस्तै राजधानी दैनिकले स्थानीय निकायमा भ्रष्टाचार मौलाउँदै गएककोमा चिन्ता गर्दै स्थामनीय निकायमा नेतृत्व, कर्मचारी र ठेकेदारको कनेक्शन विकास निर्माण्ले गति लिन नसकेको मिले महतोमो काम गर्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

कुनैले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबारे मुख्य समाचार बनाएका छन् भने
सम्पत्ति शुद्धीकरण अनुसन्धान तर्साउने अस्त्र भनि शिर्षमा प्रमुख विषय बनाई समाचार प्रकाशन गरेको छ । पत्रिले गैरकानूनी आर्जनलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउने, त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यको अनुसन्धान गर्न स्थापना गरिएको सम्पत्ति शुदीकरण अनुसन्धान विभागलाई सरकारले राजनीतिक–प्रशासनिक कार्डका रूपमा प्रयोग गर्न खोज्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष समाचारमा छापेको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा वली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बिच बढेको दुरीलाई हिजो बिहिबार भएको भेटले लचक भएको संकेतलाई पाि समाचार बनाएको छ । समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नुभएको छ,’ एक नेतालाई कोट गर्दै कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठे मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको खबर आजको अन्नपूर्णमा दैनिकाने समाचार लेखेको छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाी स्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकालेको र सफाइ दिएको समाचार लेखेको छ ।

मन्त्रिपरिषदको यस्तो निर्णयसँगै अन्नपूर्णले अर्थमन्त्रीमाथि नैतिक संकट आइलागेको निष्कर्ष निकालेको छ । ‘यो छानबिन प्रकरणमा कि अर्थमन्त्री सही छन् कि डेपुटी गभर्नर श्रेष्ठ’, अन्नपूर्णले लेखेको छ ।
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई राजनीतिकसँग नजोड्न सञ्चारमन्त्री गोकुल प्रसाद वाष्कोटाको आग्रहलाई आजको गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्