सवारी ठक्करबाट बानेश्वरमा एक युवकको मृत्यु

काठमाडौं । बानेश्वर शान्तिनगर गेटअगाडि सवारी साधनको ठक्करबाट एक युवकको ज्यान गएको छ । मकवानपुरका घर भएका २४ वर्षीय विशाल तिमिल्सिनालाई ठक्कर दिँदा ज्यान गएको हो ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति करिब ११ बजे पैदल हिडिरहेका बेलामा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्