प्रोफेशनलको १३ औ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेजले आज १३ औं वार्षिकोत्सव मनाएको छ ।
प्रोफेशनले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग व्यावसायिक छलफल पनि गरेको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) मा आवद्ध प्रोफेशनलले व्यवसायमा देखिएका चुनौती र निराकरणका बारेमा पनि अन्तरक्रिया गरेको छ ।

प्रोफेशनलका निर्देशक बासु नेपालले कन्सल्टेन्सी व्यवसायमा देखापरेका चुनौती समाधान गर्न आफूहरु लागिपरेको बताए । उनले आफूहरुले विदेशमा विद्यार्थी पठाएर उच्च शिक्षा दिएको दावी गर्दै भने ‘ कहिलेकाँही हामीमाथि पनि अनेक आरोप लाग्ने गरेका छन्, तर जसले सही परामर्श लिएर बुझेर गएको छ, उनीहरुबाट कुनै गुनासो आउँदैन ।’ प्रोफेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड र जापानमा विद्यार्थीहरु पठाउने गरेको छ । नजिकिँदै गरेको फेकनको निर्वाचनको लागि पनि वातावरण बन्दै गरेको फेकनका सह कोषाध्यक्ष अनिल शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा फेकनका अध्यक्ष युवराज कटवाल, सह कोषाध्यक्ष पौडेलसहित अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
शैक्षिक परामर्शदाताहरुको सामाजिक हकहित गर्ने उद्येश्यले फेकनको स्थापना भएको हो । आगामी फाल्गुणमा फेकनको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्