नेकपा अध्यक्षद्वयबीच भेटवार्ता, सभामुखको विषयमा यस्तो भयो कुराकानी
काठमाण्डौ , माघ २ । केहि दिनदेखि बोलचाल तथा संवाद नै ठप्प भएको प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
बिहीबार वालुवाटारमा भएको भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यता सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रेस संयोजक थापाले जनाकारी दिए ।
सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी रहेका कारण ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ । हिउँदे अधिवेशनको बैठक चल्न नसक्दा ३ दर्जन विधयेक अलपत्र परेका छन् ।
केहि दिनदेखि सभामुखको विषयलाई लिएर नेकपामा विवाद रहदै आएको छ भने यो विषय पचीलो बन्दै गएको छ । यस विषयमा आज पनि सहमति हुन सकेन तर केहि सकरात्कम भने नेताहरु सकरात्मक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्