मौसममा एक्कासी बदली, उच्च हिमाली तथा पहाडी भेगमा पानी र हिमपात हुने संभावना
काठमाण्डौ, २ माघ । आज मौसम बदलीएको छ । केहि दिन अघि सफा रहेको आकाश आज बादलले ढाकेको छ । माघ लाग्ने संभावना पनि कम छ । देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले जनाएका छन् ।
पश्चिमी वायुको असरले काठमाडौंसहित देशका विभिन्न ठाउँमा बदली, पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ । बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पर्ने उनले बताए । तर लगातार झरीको सम्भावना भने नभएको उनले जानकारी दिए ।
आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिए । त्यसैले आज र भोली चिसो हुने हुनाले बाक्लो र न्यानो कपडा रेनकोट लगाएर हिड्नु होला ।











प्रतिक्रिया दिनुहोस्