७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्दै सरकार

काठमाडौैं, २ माघ । सामाजिक विकास मन्त्रालयलाई व्यवस्थित र सर्वसुलभ बनाउका निमित्त सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।

यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गु?ङले बुधबार प्रदेशका सामाजिक विकास मन्त्रीह?संग व्यपक छलफल गरेका थिए । छलफलमा सामाजिक विकास कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेपछि मन्त्रालय यसको तयारमिा जुटेको छ ।

सामाजिक क्षेत्रको कामलाई सर्वसुलभ र छिटो छरितो बनाउनुका साथै राष्ट्रिय गौरवको कार्यक्रमको ?पमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने गराउँदै मन्त्री गु?ङले बताए । उनले सामाजिक विकास कार्यालय स्थापना भए सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने विश्वास व्यक्त गरे । मन्त्री गु?ङको आह्वानमा बैठकमा सहभागी प्रदेशका मन्त्रीह?ले पनि आफूह? हातेमालो गर्न तयार रहेको बताएका थिए ।

छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल लगायतका सहभागी थिए । यस मन्त्रालयको स्थापनाले नागरिकलाई सेवा लिन सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्