रेशम चौधरीलाई छिटै थुनामुक्त गरिन्छः प्रचण्ड
काठमाडौं, माघ १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई छिटै थुनामुक्त गरिने बताएका छन्।
बुधबार माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले कैलाली क्षेत्र नम्बर १ का राजपा सांसद समेत रहेका उनलाई छिटै थुनामुक्त गरिने बताएका हुन् ।
साथै उनले आफूले चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि भूमिका खेलेको बताए।‘रेशमलाई छुटाइन्छ हेर्नुहोला,’ प्रचण्डले भने, ‘सभामुख र पार्टीलाई भनेर रेशमलाई सपथ खुवाउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने मै हुँ।’
चौधरीलाई ०७५ पुस १९ गते सांसदको सपथ खुवाइएको थियो।टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी अहिले डिल्लीबजार कारागारमा थुनामा छन्। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस्